नेपालमा बुधबार हालसम्मकै सर्वाधिक व्यक्तिमा कोभिड संक्रमण पुष्टि हुँदै नयाँ रेकर्ड कायम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिनको तुलनामा थप १ हजार ९४ जना संक्रमित बढेका हुन् । यो सँगै कोराना सक्रमणको दर हालसम्मकै उच्च बनेको छ भने संक्रमितको संख्याले दिनैक नयाँ रेकर्ड कायम गर्न लागेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४०९ परीक्षण गरिएको हो । जसमध्ये १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो संख्या एकै दिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संक्रिमत संख्या हो । देशभरि गरिएको पिसिआर परिक्षण मध्ये देशभर औषत संक्रमण दर ५२.६ प्रतिशत रहेको मन्त्रलायको भनाई छ ।
त्यसैगरी कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने उक्त समय अवधिमा ६१३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै काठमाण्डौ उपत्यकामा मात्रै ६ हजार २६३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डौमा ४ हजार ६६६ जना, ललितपुरमा १ हजार १९ जना र भक्तपुरमा ५७८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । उपत्यकाको पुष्टि भएको संक्रमण संख्या कुल संक्रमितको ५५ प्रतिशत धेरै हो ।
हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये ४६ हजार ५१५ जना होम आइसोलेसमा र १ हजार ४१४ जना संस्थागत आइसियुलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया