निफ्राको खुद नाफा ४४ करोड माथि, अन्य सबै सूचक सकारात्मक

0
Shares

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्ममा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा ३५ करोड २२ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बैंकले समीक्षा अवधिमा २५.६६ प्रतिशतले नाफा वृद्धि गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४.२३ रुपैयाँ छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको इपिएस ५.८७ रुपैयाँ थियो । यस्तै जगेडा कोष ७.५९ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ सञ्चित रहँदा प्रतिसेयर नेटवर्थ ११४.२२ रुपैयाँ कायम छ । बैंकको र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८८.७६ गुणा, कस्ट अफ फण्ड ९.४० प्रतिशत, खराब कर्जा अनुपात शुन्य र सिडी रेसियो ३५.१४ प्रतिशत रहेको छ ।

समिक्षा अवधिसम्म बैंकले पुस मसान्तसम्ममा १ अर्ब ११ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरेर ८ अर्ब १३ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख २१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५० करोड ३५ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

Particulars Nepal Infrastructure Bank Limited (NIFRA) 
Q2, 2078/2079 Q2, 2077/2078 Difference %
Paid Up Capital 20,000,000.00 12,000,000.00 66.67
Net Profit 442,648.00 352,255.00 25.66
EPS (Rs.) 4.43 5.87 -24.53
Net Worth per share (Rs.) 114.22 116.19 -1.70
Reserve & Surplus 2,844,406.00 1,942,581.00 46.42
Loans and Advances 8,136,478.00 1,614,330.00 404.02
Deposit from Customers 337,749.00 324,493.00 4.09
Placement with BFI’s 14,210,210.00 13,437,236.00 5.75
Net Interest Income 823,556.00 569,485.00 44.61
Impairment charge/(Reversal) for loans 59,179.00 10,446.00 466.52
Operating Profit 632,321.00 503,576.00 25.57
Cost of Funds (%) 9.40% 9.40% 0.00
CCD Ratio (as per NRB Directives) 35.14% 10.87% 223.28
Non-performing Loan (%) 0.00% 0.00% 0.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार  ०९ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।