ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.२५ प्रतिशतले वृद्धि गरेको छ ।
ग्लोबल आइएमई बैंकको ७० प्रतिशत लगानी रहेको यस लघुवित्तले पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत बैशाख ३ गतेदखि स्पर्स लघुवित्तलाई प्राप्ती गरी एकीकृत कारोबार गरेको लघुवित्तको चुक्ता पूँजी बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी भने १९.६० रुपैयाँले घटेकाे हाे ।
चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५३.५३ रुपैयाँ छ । समीक्षा अवधिमा पूँजी ६७ प्रतिशत बढ्दा इपिएस १९.६० प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप ५८.५० प्रतिशत, सापटी ४७.७८ प्रतिशत, कर्जा लगानी ७१.६४ प्रतिशत, खुद ब्याज आम्दानी ५५.९९ प्रतिशत, सञ्चालन मुनाफा १३.१२ प्रतिशत, जगेडा कोष ९४.४३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले सदस्यहरुबाट २ अर्ब ५२ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाहरुबाट ४ अर्ब ६५ करोड २ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसबाट लघुवित्तले ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ७ लाख ९ हजार सञ्चालन नाफा गरेको छ । सम्भावित कर्जा नोक्सानीमा ९ करोड ३२ लाख रुपैयाँ व्यवस्था गरेको लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ असुली गरेको छ ।
| Particulars | Global IME Laghubitta Bittiya Sanstha Limited | ||
| Q2, 2078/2079 | Q2, 2077/2078 | Difference % | |
| Paid-Up Capital | 552,589.33 | 330,884.23 | 67.00 |
| Net Profit | 147,894.77 | 120,980.67 | 22.25 |
| EPS (Rs.) | 53.53 | 73.13 | -26.80 |
| Net worth per share (Rs.) | 166.13 | 156.8 | 5.95 |
| Reserve & Surplus | 365,444.13 | 187,956.55 | 94.43 |
| Borrowings | 4,650,168.03 | 3,146,637.53 | 47.78 |
| Deposits | 2,526,325.23 | 1,593,919.33 | 58.50 |
| Loans & Advances | 7,699,065.61 | 4,485,639.29 | 71.64 |
| Net Interest Income | 303,776.54 | 194,736.09 | 55.99 |
| Write Back of Provision | 84,043.82 | 58,800.85 | 42.93 |
| Cost of fund (%) | 7.14% | 5.70% | 25.26 |
| NPL (%) | 1.95% | 3.46% | -43.64 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया