माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को बोनस सेयर माघ ६ गते बिहीबार नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार बैंकको १०.३० प्रतिशतले हुन आउने बोनस बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते आइतबार सेयर दाखिल खारेजी मिति तोकेको थियो ।

यसअनुसार बैंकको उक्त बोनस सेयर कार्तिक ४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउने व्यवस्था छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश तरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

थप समाचार:-

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पारित

माछापुच्छ्रे र सानिमा बैंकको शेयरमूल्य समायोजन

सानिमा, माछापुच्छ्रे र सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

माछापुच्छ्रे बैंकले १ अर्ब २० करोडको बोनस पारित गर्न बोलायो साधारण सभा

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।