त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने जानकारी दिएको छ।
त्रिविको केन्द्रीय परीक्षा सञ्चालक समितिको माघ ६ गते बसेको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
नेपालमा कोभिड-१९ को तेस्रो लहर अर्थात ओमिक्रोन प्रकोप बढ्दै गएका कारण परीक्षा सञ्चालनमा कठिनाई भएकाले स्थगित गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।
त्रिविका अनुसार विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र उपत्यका बाहिरका अधिकांश परीक्षा केन्द्रमा विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमित भएकाले परीक्षा स्थगित गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया