मञ्जुश्री फाइनान्सको नाफा साढे ३३ प्रतिशतले घट्यो, इपिएसमा १२ रुपैयाँ संकुचन

0
Shares

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको नाफा ३३.५२ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी १२.३३ रुपैयाँ घटेर ११.१६ रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी २३.४९ रुपैयाँ थियो ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी ४० प्रतिशत, फाइनान्सको खुद ब्याज आम्दानी २.२४ प्रतिशत, निक्षेप १६.१९ प्रतिशत, कर्जा लगानी ४१.७३ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा फाइनान्सको सञ्चालन मुनाफा भने ३०.८६ प्रतिशत र जगेडा कोष ४६.५९ प्रतिशत घटेको छ ।

पुस मसान्तसम्ममा फाइनान्सको खराब कर्जा अनुपात १.३० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत, आधारदर ९.८० प्रतिशत, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.९० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।