रु रु जलविद्युतको १० प्रतिशत बोनस सूचीकृत

0
Shares

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४ लाख ७ हजार ७०५ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । गत असोज १६ गते सम्पन्न कम्पनीको सोह्रो वार्षिक साधारण सभाले सो बोनस अनुमोदन गरेको थियो ।

उक्त बोनस सेयर बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरुले आफ्नो डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । साधारण सभाका लागि कम्पनीले असोज ७ गते बुकक्लोज गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।