लुम्बिनी विकास बैंकको खुद नाफा ३५ करोड बढी

0
Shares

लुुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा २६ करोड १८ लाख ८५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ३४.३१ प्रतिशतले नाफा बढाएको हो । बैंकको वितरणयोग्य मुनाफा २४ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २१.४२ रुपैयाँ छ ।

जगेडा कोषमा २ अर्ब २५ करोड ५७ लाख सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६८.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.४४ गुणा छ ।

बैंकको चुक्ता पूँजी १३ प्रतिशत, निक्षेप ८.०१ प्रतिशत, कर्जा २०.२४ प्रतिशत बढ्दा जगेडा कोष ५.५४ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंकले ३९ अर्ब २८ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३५ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.३३ प्रतिशतले बढेर ७२ करोड ७४ लाख पुगेको छ भने सञ्चालन मुनाफा ४१.५८ प्रतिशतले बढेर ५१ करोड ४० लाख कायम भएको छ ।

बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत, खराब कर्जा १.६७ प्रतिशत, आधार दर ९.६० प्रतिशत, सिडी रेसियो ८८.८८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।