गरिमा विकास बैंक लिमिटेड (GBBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा ३९ करोड ३५ लाख नाफा कमाएकोमा बैंकको नाफा २५ प्रतिशत वृद्धि भएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएपछि बैंकको नाफा बढेको हो ।
बैंकको वितरणयोग्य नाफा ३५ करोड ६१ लाख ८८ हजार छ ।
चालू आवको दोस्रो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत बढाएको छ । बैंकले १ अर्ब १७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी र ७० करोड ३९ लाख १९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकले चालू आवको दोस्रो त्रैमाससम्मम ६५ अर्ब ७५ करोड ३६ लाख निक्षेप संकलन गरेर ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको थियो ।
चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २४.९७ रुपैयाँ छ । बैंकको जगेडामा १ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ३२ लाख र सेयर प्रिमियममा ६७ लाख ६५ हजार सञ्चित छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९६ प्रतिशत, अस्ट अफ फण्ड ७.६६ प्रतिशत, आधारदर ९.७६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५४.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.१३ गुणा र स्प्रेडदर ४.०७ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया