पोखरा फाइनान्सको नाफा ६९ प्रतिशत घट्यो

0
Shares

पोखरा फाइनान्स कम्पनी लिमिटेड (PFL) को नाफा घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै कम्पनीको नाफा ६९ प्रतिशतको उच्च घटेको हो । दोस्रो त्रैमाससम्म फाइनान्सको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ६९ प्रतिशत घटेको छ ।

फाइनान्सले दोस्रो त्रैमाससम्म २ करोड ९६ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा फाइनान्सले ९ करोड ६८ लाख नाफा कमाएको थियो ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ४ करोड १९ लाख २८ हजार छ ।

चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५.६९ मा झरेको छ । गत आवको यसै अवधिमा २१.१२ रुपैयाँ थियो ।

कम्पनीको जगेडा कोषमा २९ करोड २७ लाख ६७ हजार र रिटेन्ड अर्निङमा ४ करोड १९ लाख २८ हजार सञ्चित छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा फाइनान्सले ९ अर्ब ५८ करोड ७६ लाख निक्षेप संकलन गरेर ७ अर्ब ५४ करोड ३० लाख कर्जा लगानी गरेको छ ।

फाइनान्स कम्पनीको खराब कर्जा अनुपात १.५३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३२.१५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १०४.१५ गुणा छ । कम्पनीको कस्ट अफ फण्ड ७.३६ प्रतिशत, आधारदर ९.६० प्रतिशत, र स्प्रेडदर ४.०१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।