फरवार्ड माइक्रोफाइनान्सको नगद लाभांश वितरण

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) को नगद लाभांश वितरण सुरु भएको छ ।

कम्पनीको पुुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित भएको कर सहित ७ प्रतिशत नगद लाभांश आइतबारदेखि वितरण गर्न सुरु भएको हो । कम्पनीले पुस १४ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामै वितरण गर्न सुरु गरेको हो ।

चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर भने नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताको डिम्याट खातामा नै वितरण हुनेछ । बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका सेयरधनीहरुलाई यथाशीघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।