एनएमबि बैंककाे नगद लाभांश वितरण

0
Shares

एनएमबि बैंक लिमिटेड (NMB) ले आइतबारदेखि सेयरधनीको बैंक खातामा नगद लाभांश वितरण थालेको छ ।

बैंकको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउन सुरु गरिएको हो ।

बैंकका अनुसार हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा आइतबारदेखि नगद भुक्तानी गरिएको हो ।

साधारण सभा प्रयोजनको लागि सेयर दाखिला बन्द हुने अघिल्लो मितिसम्म कायम रहेका सेयरधनीहरुलाई मात्र लाभांश वितरण गरिएको हो ।

यस्तै हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीले हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गरापछि मात्र नगद लाभांश रकम बैंक खातामा पठाउनेछ ।

आफ्नो सेयर अभौतिकरण गराएका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले यथाशीघ्र आफ्नो हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।