नेशनल माइक्रोफाइनान्सको ४५% लाभांश पारित

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को आठौं वार्षिक साधारण सभाले चुक्तापूँजीको ४५ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।

बिहीबार धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा सम्पन्न भएको लघुवित्तको आठौं वार्षिक साधारण सभाबाट चुक्तापूँजी ४१ करोड ९१ लाखको ४० प्रतिशतले हुन आउने बोनस र ५ प्रतिशतले हुन आउने नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।  बोनस सेयर पश्चात लघुवित्त कम्पनीको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुगेको छ । साथै सभाले कम्पनीको हालको अधिकृत पूँजी ५० करोडबाट वृद्धि गरी ७० करोड र्पुयाउने विशेष प्रस्ताव पारित गरेको छ ।

लघुवित्तले ७ प्रदेशहरुका ६४ ओटा जिल्लाहरुमा रहेका १०० ओटा शाखा कार्यालयहरु मार्फत करिब १ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सभामा कम्पनीले १० अर्ब ५३ करोड कर्जा लगानी गरी २ अर्ब ८३ करोड बराबर ग्राहक सदस्यहरुबाट बचत संकलन गरेको जानकारी दिइयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।