कोरोना भाइरसको तेस्रो लहरको सामना गर्नका लागि नेपाल चिकित्सक संघको पहलमा माघ ११ गतेदेखि कल सेन्टर संचालनमा आउने भएको छ ।
नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको सयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर संचालनमा आउने भएको हो । कल सेन्टर प्रत्येक विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म संचालन हुने चिकित्सक संघले जनाएको छ ।
कोभिड १९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गईरहेको हुँदा सम्पुण नेपाली नागरिकहरुलाई पर्न सक्ने स्वास्थ्य सम्बन्धी समस्याका लागि संघको ११५६ नम्बरमा कल गरि सम्पुण परार्मश लिन सकिने नेपाल चिकित्सक संघले जनाएको छ ।
.png)
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया