कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (KRBL) १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा पुगेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको यसै अवधिमा १ करोड ८३ लाख नाफा कमाएको बैंक १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा पुगेको हो । बैंकको वितरणयोग्य नाफा ५ करोड ३५ लाख ४३ लाख ऋणात्मक छ ।
दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी ५० करोड २८ लाख ३० हजार छ भने जगेडा कोषमा ५ करोड ३१ लाख २७ हजार, रिटेन्ड अर्निङमा ४ करोड ४ लाख ५३ हजार र शेयर प्रिमियममा १२ लाख ५२ हजार सञ्चित छ ।
पुस मसास्तसमम बैंकले ४ अर्ब ५२ करोड ७४ लाख २८ हजार निक्षेप संकलन गरेर ३ अर्ब २३ करोड ९५ लाख ७९ हजार कर्जा लगानी गरेको छ ।
चालू आवको दोस्रो त्रैमासमा बैंकले ५ प्रतिशत खुद ब्याज आम्दानी बढाएर ६ करोड ७८ लाख आम्दानी गरेको छ । तर खर्चमा वृद्धि भएर सञ्चालन नाफा ऋणात्मक भएपछि बैंक नोक्सानीमा गएको हो ।
गत वर्ष १.१६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर २.६९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ११८.८६रुपैयाँ रहेको छ । यस्तै कस्ट अफ फण्ड ७.२१ र आधार दर १०.१३ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया