सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) को नगद लाभांश सेयरधनीको बैंक खातामा वितरण सुरु भएको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट मंगलबारदेखि सबन्धित सेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा सिधै नगद लाभांश जम्मा गर्न थालिएको हो ।
फाइनान्सको पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारणबाट पारित चुक्ता पूँजीको ३.३० प्रतिशत नगद लाभांश वितरण गर्न थालिएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश अनुमोदन भएको थियो ।
फाइनान्सले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई यथाशीघ्र सेयर अभौतिकीकरण गराई नगद लाभांश प्राप्त गर्न अनुरोध गरेको छ ।
साधारण सभाबाट पारित भएको ७.७० प्रतिशत बोनस सेयर भने नेप्से तथा सिडिएससीमा सूचीकरण भएपश्चात मात्र सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया