सेयर बजार मापक सूचक नेप्से बुधबार पनि घटेको छ । आइतबारदेखि नै घट्न थालेको नेप्से बुधबारसम्म आइपुग्दा १५४.७० अंकले घटेर २ हजार ८०० बिन्दुमुनी झरेको हो ।
आइतबार १०.८३ अंकले घटेको नेप्सेमा सोमबार ९९.८६ अंकको गिरावट आएको थियो । मंगलबार केही सम्हालिएर ५.५९ अंकमा घटेपनि बुधबार थप ३८.४२ अंकले घटेको हो ।
यसअघिको तल्लो बिन्दुबाट बढेको नेप्सेमा अल्पकालीन लगानीकर्ताको हाबी हुन, सत्तारुढ गठबन्धनबीचको चुनावी कार्यतालिका प्रभावित हुनु, बैंकिङ्ग प्रणालीमा घट्दो तरलता र सरकारले थप आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक भएसँगै नेप्से घट्न थालेको हो ।
बुधबार नेप्से सूचक र कारोबार रकम दुबै घटेको छ । ३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा झरेको यसदिनका बजारमा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरका ९३ लाख ५८ हजार ७०० कित्ता छन् । कारोबार भएको छ । ६१ हजार ४ वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएको हो ।
बुधबार १.३७ प्रतिशतले नेप्से घटेसँगै कारोबार रकम समेत १ अर्ब ८ करोडले घटेको हो । मंगलबार ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
घट्दो बजारमा पनि विन लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर १२१६.६० रुपैयाँ र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ४६३ रुपैयाँ पुगेको छ ।
यस्तै सिइडिबी हाइड्रोपावरको ४.९७, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ र मैलुङ्गखोला जलविद्युतको १.९७ प्रतिशतले मूल्य बढेको छ । यसदिन पोखरा फाइनान्सको सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको मूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता ५५६ रुपैयाँमा झरेको छ । यस्तै सेन्ट्रल फाइनान्सको ४.२८, मानुषी लघुवित्त ४.२४, समृद्धि फाइनान्स ३.६५ र सानिमा इक्वीटी फण्डको मूल्य ३.६४ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा यसदिन जलविद्युत समुहका कम्पनीहरु अग्रस्थानमा रहेका छन् । बुधबारको बजारमा अपि पावरको १६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावर १३ करोड ५५ लाख, अपर तामाकोशी १० करोड ३१ लाख, एचआईडिसीएल ९ करोड ८६ लाख र नेपाल लाइफको ९ करोड ४० लाख रुपैयाँको सेयर कारोबारमा आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया