स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) ले चालू आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर २ करोड १९ लाखमा सीमित भएको शुक्रबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २५ करोड सापटी तथा ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर १ अर्ब ८९ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड २७ लाख सञ्चालन नाफा गरेको छ ।
कम्पनीले १ करोड २० लाख खराब कर्जा उठाउन सफल भएपनि सम्भावित जोखिम व्यवस्थामा ८९ लाख २२ हजार छुट्याउँदा नाफा भने घटेको हो ।
कम्पनीको चुक्ता पूँजी १२ करोड १७ लाख रहेको लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.३३ गुणा छ । कम्पनीले जगेडा कोषमा ५ करोड ३४ लाख सञ्चित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया