सेन्ट्रल फाइनान्सले कमायो साढे ३ करोड नाफा

0
Shares

सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले पुस मसान्तसम्ममा ३ करोड ५० लाखभन्दा बढी खुद नाफा गरेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीकको खुद नाफा गत आवको यसै अवधिको तुलनामा २०.३४ प्रतिशतले घटेको हो । गत आवको यहि अवधिमा ४ करोड ३९ लाख खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १२ करोड ७९ लाख ४२ हजार रुपैयाँ छ ।

चुक्ता पूँजी ८८ करोड १० लाख ३५ हजार रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.९५ रुपैयाँ छ । यद्यपी कम्पनीले ७.७० प्रतिशत बोनस पूँजीकरण गर्न बाँकी छ ।

कम्पनीको कुल जगेडा कोष १२.५३ प्रतिशतले बढेर ३५ करोड ८९ लाख बराबरको पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.७५ रुपैयाँ छ ।

कम्पनीले ५ अर्ब ७६ करोड निक्षेप संकलन गरेर ४ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ११ करोड १४ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १९.४२ प्रतिशत घटेर ४ करोड ९६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आवको यहि अवधिमा ९ करोड ५ लाख खुद ब्याज आम्दानी र ६ करोड १५ लाखभन्दा बढी नाफा गरेको थियो ।

कम्पनीको निष्क्रिय कर्जा ३.२२ प्रतिशतबाट यस वर्ष घटेर १.६१ प्रतिशतमा झरेको छ । यस्तै कस्ट अफ फण्ड ७.९७ प्रतिशत, आधारदर १०.०२ प्रतिशत, सिडी रेसियो ८४.७९ प्रतिशत, स्प्रेडदर ४.६१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।