नेप्से यो साता ५ प्रतिशत बढीले घट्यो

0
Shares

यो साता सेयर बजारमा ५.१६ प्रतिशत अर्थात १५१.३६ अंकले गिरावट आएको छ । गत साता २९३१.३४ बिन्दुमा बन्द भएको नेप्से यो साता २७७९.९८ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स २५.०२ अंक घटेर ५१८.७२ बिन्दुमा झरेको छ ।

गत साता दैनिक औषतमा ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा औषत कारोबार रकम २३.४१ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा आएको गिरावटले लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३९ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ । गत साता ४१ खर्ब ४२ अर्ब रुपैयाँ पूँजीकरण रहेकोमा २ खर्ब १३ अर्ब रुपैयाँले घटेको हो । बजार घट्न थालेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

यो साता सबै उपसमूहगत सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ८.८५ प्रतिशतले घटेको छ भने अन्य उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ । विकास बैंक ८.११ प्रतिशत, हाइड्रोपावर ७.३० प्रतिशत घटेको छ ।

यस साता बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयरको भाउ सबैभन्दा धेरै ६०.९८ प्रतिशतले बढेको छ । ज्योति लाइफ इन्स्योरेन्स ८.७७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्स, ६.४२ प्रतिशत, सिईडिबि हाइड्रोपावरको ६.३२ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको ५.६४ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनी भाउमा सबैभन्दा बढी १२.१९ प्रतिशतले घटेको हो । यस्तै घलेम्दी हाइड्रोपावरको ११.९६ प्रतिशत, बेस्ट फाइनान्सल ११.९० प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ११.८९ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको ११.४२ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७८, शनिबार  २१ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।