चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) को वित्तीय आम्दानी बढेपछि खुद नाफामा सुधार आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड २४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा २.२४ प्रतिशत वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.३५ प्रतिशत घटेपनि वित्तीय आम्दानी ७५.५४ प्रतिशतले बढेपनि नाफा वृद्धिमा टेवा पुगेको हो ।
कम्पनीको विद्युत बिक्री आय गत आवको यसै अवधिमा ६३ करोड ९९ लाख २१ हजार रहेकोमा घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड २० लाख ११ हजार रहेको कम्पनीको वित्तीय आम्दानी बढेर ९ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ७.५० प्रतिशतले वृद्धि गरेर ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार पुर्याएको चिलिमेको नाफाभन्दा पूँजीवृद्धिको अनुपात ज्यादा हुँदा त्यकासे असर प्रतिसेयर आम्दानीमा परेको छ । गत आवको यसै अवधिमा १२.५० रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४.८९ प्रतिशत घटेर ११.८९ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.६० प्रतिशत घटेर ४२ करोड ६० लाख ७६ हजार रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ७.६४ प्रतिशतले घटेर ३ अर्ब २७ करोड९१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.५७ रुपैयाँ र मुल्य आम्दानी अनुपात ४१.४७ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया