नाडेप लघुवित्तको लाभांश अनुमोदन

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदन गरेको छ ।

धादिङको नौबिसेस्थित एग्रो रिसोर्टमा सम्पन्न भएको सभाले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

यस्तै लघुवित्तको सभाले पिताम्वर प्रसाद आचार्य, निरज कुमार बस्नेत डनिल, हरिकृष्ण सुवेदी र वेद प्रसाद सिवाकोटीलाई निर्वाचित गरेको छ ।
माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले पिताम्वर प्रसाद आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।