बिओके क्यापिटलको निःशुल्क डिम्याट खाता सुविधा

0
Shares

सेयर लगानीकर्तालाई लक्षित गर्दै विभिन्न निक्षेप सदस्यहरुले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा ल्याउने गरेका छन् ।

यसै क्रममा बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के. क्यापिटलले पनि सेयर लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क हितग्राही खाता खोल्ने भएको छ ।

क्यापिटल र माउ कम्पनी बैंक अफ काठमाण्डू लिमिटेडका शाखा कार्यलयहरु मार्फत माघ १७ गते सोमबारदेखि क्यापिटलले उक्त सुविधा दिने भएको हो ।

निःशुल्क रुपमा “हितग्राही खाता” खोलीने योजना अर्को सूचना जारी नभएसम्मको लागि रहने क्यापिटकी मर्चेन्ट बैकिङ्ग प्रमुख गिता पोखरेलले जानकारी दिइन् ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले ग्राहक महाहरुलाई उत्कृष्ट सेवाहरु दिँदै आईरहेको छ । भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास क्यापिटलले लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।