चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो, जगेडाकोष ४३ करोड ७५ लाख ऋणात्मक

0
Shares

चन्द्रागिरी हिल्स (CGH) को व्यापारमा सुधार हुँदा नोक्सानी घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी एक करोड ७५ लाखमा झरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १२ करोड ३२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको नोक्सानी साढे १० करोड बढीले घटेको छ । कम्पनीको आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो।

गएका वर्षहरुमा कोभिड १९ का कारण कम्पनीको सञ्चालन आम्दानी घटेर नोक्सानी बढेको थियो। तर, पछिल्ला दिनहरुमा व्यापार बढ्न थालेपछि नोक्सानी घट्न थालेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५ करोड ९२ लाख रुपैयाँ छ । गत वर्षको यहि अवधिमा ५ करोड १५ लाख मात्र थियो। यस अवधिमा कम्पनीले सेवा बिक्रीबाट २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ३ करोड २९ लाख आम्दानी गरेको थियो । कम्पनीले दोस्रो त्रैमाससम्मा ७ करोड ५ लाख संचालन खर्च गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रूपैयाँ २९ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी ४३ करोड ७५ लाख रूपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  ०९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।