फरवार्ड लघुवित्तको खुद नाफा करिब ४६ करोड

0
Shares

फरवार्ड लघुवित्त वित्तीय संस्था (FOWAD) को खुद नाफा १०३ प्रतिशतले बढेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा २२ करोड ५० लाख १५ हजार नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा पौने २३ प्रतिशत वृद्धि गरेको कम्पनीले १ करोड १६ लाख खराब कर्जा उठाएपछि नाफा बढेको हो ।

चुक्ता पूँजी ६२ करोड ५५ लाख रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ७१ करोड ९० लाख रुपैयाँ सञ्चित छ । कम्पनीले गत आवको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ३७ प्रतिशत बराबरले हुन आउने २३ करोड १४ लाख रुपैयाँ बोनस पूँजीकरण गरेको छैन । जसले कम्पनीको प्रतिसेयर आम्दानी उच्च देखिएको छ ।

वित्तीय विवरणमा कम्पनीको प्रतिसेयर आम्दानी १४६.४७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३७४.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९२ गुणा छ ।

सोमबार सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ३८ करोड ४४ लाख सापटी तथा ७ अर्ब ३३ करोड निक्षेप संकलन गरेर १९ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको सापटी १८.३८ प्रतिशत र निक्षेप १८.४७ प्रतिशत बढेको छ भने कर्जा ३९.५३ प्रतिशत बढेको छ । 

लघुवित्तले पुससम्ममा ७३ करोड ८२ लाख ७२ हजार खुद ब्याज आम्दानी र ७० करोड ८२ लाख १७ हजार सञ्चालन नाफा कमाएको छ ।जुन गत आवको यसै अवधिको तुलनामा क्रमशः २२.७३ र १००.२९ प्रतिशतले बढेको हो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खराब कर्जा अनुपात ४.९६ प्रतिशतबाट घटेर २.११ प्रतिशतमा सुधारिएको छ । लघुवित्तको कस्ट अफ फण्ड ८.४४ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।