अरुण काबेली पावरको नाफा २० करोड बढी

0
Shares

अरुण काबेली पावर कम्पनी (AKPL) ले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात ६ महिनामा २० करोड ३ लाख नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १८ करोड २६ लाख नाफा कमाएकोमा गत आवको दोस्रो त्रैमासको तुलनामा ९.६३ प्रतिशत वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको विद्युत् बिक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ प्रतिशत बढेको छ ।

सोमबार सार्वजनिक वित्तीय विवरण कम्पनीले विद्युत् बिक्री आय ४५ करोड ४१ लाख पुगेको छ । गत आवमा ३८ करोड ८५ लाख आम्दानी गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ८५ करोड रहेको कम्पनीको प्रतिसेयर आम्दानी २१.५९ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १११.१२ रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  १५ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।