रुरु जलविद्युत् परियोजना लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड ४९ लाख नाफा कमाएको थियो ।
सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री बापत आम्दानी ९ करोड ९६ लाख पुगेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ९ करोड २५ लाख विद्युत बिक्री बापत आम्दानी गरेको थियो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा विद्युत् बिक्री आम्दानी ७ प्रतिशत बढेसँगै नाफा वृद्धिमा टेवा पुगेको हो ।
चुक्ता पूँजी ४४ करोड ८४ लाख रहेको कम्पनीको प्रतिसेयर आम्दानी २९.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२४.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२८ गुणा छ ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको जगेडामा ११ करोड १७ लाख रुपैयाँ सञ्चित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया