
सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलामा ९१ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर बनेको छ । मंगलबार पनि चाँदीको मूल्य तोलामा १ हजार २४० रुपैयाँ कायम गरिएको छ । जुन मूल्यमा सोमबार पनि चाँदीको कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५३ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया