घलेम्दी हाइड्रोको नाफामा वृद्धि

0
Shares

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ ।

समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।

यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर १ करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।