प्रभु क्यापिटलले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै दुई वर्षसम्म निशुल्क डिम्याट खाता र मेरो सेयर सुविधा सहितको विन्टर अफर ल्याएको छ ।
गत वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यो वर्ष पनि अफर ल्याइएको क्यापिटलले जनाएको छ । योजना अन्तर्गत माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्ने ग्राहकले दुई वर्षको डिम्याट खाता र मेरो सेयर शुल्क तिर्नुपर्दैन ।
कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै घरमै बसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालर्यबाट डिम्याट खाता खोल्न सकिन्छ ।
करिब ६ महिनापछि नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई सेयर निष्काशन गर्न अनुमति लिएको छ । आईपीओमा तथा दोस्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपाल भित्र वा नेपाल बाहिरका ग्राहकहरुलाई लक्षित गर्दै क्यापिटलले यो योजना सञ्चालन गरेको जनाएको छ ।
योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) बाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन् । डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया