ग्लोबल आइएमई लघुवित्तद्धारा पाँच वर्षअघिको नगद लाभांश संकलन गर्न अनुरोध

0
Shares

ग्लोबल आइएमई लघुवित्त (GILB) ले सेयरधनीलाई विगत पाँच वर्षअघिको नगद लाभांश रकम ३० दिनभित्र संकलन गर्न अनुरोध गरेको छ ।

लघुवित्तले एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो (आर्थिक वर्ष २०७२/७३ को) नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको हो ।

उक्त आर्थिक वर्षमा लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ग्लोबल लघुवित्तको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको छ ।

हालसम्म पनि सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गरेको हो । नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीको सूची लघुवित्त तथा क्यापिटलको वेवसाइटमा राखिएको छ ।

तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने सूचनामा उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर जानुपर्ने उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७८, बुधबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।