
बीमा समितिले हाथवे इन्भेष्टमेण्ट नेपाललाई आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्न अनुमति दिएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २ लाख ९ हजार ८०९ कित्ता साधारण सेयर बिक्री गर्न समितिले हाथवे इन्भेष्टमेण्टलाई अनुमति दिएको हो ।
समितिले तीन महिनाको अवधिमा हाथवे इन्भेष्टमेण्ट नेपालको नाममा रहेको उक्त सेयर बिक्री गरी जानकारी गराउन समेत भनेको छ । बीमा समितिबाट सेयर बिक्री गर्न अनुमति पाएसँगै उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाउन बाटो खुला भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य मंगलबार दोस्रो बजारमा अन्तिम पटक प्रतिकित्ता १ हजार १७० रुपैयाँमा कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया