समृद्धि फाइनान्सकाे हकप्रद फागुन ८ गतेदेखि बिक्री खुल्दै

0
Shares

समृद्धि फाइनान्स लिमिटेड (SFCL) ले आगामी फागुन ८ गतेदेखि चुक्ता पूँजीकोे ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरिने जनाएको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट गत मंसिर २९ गते २ः१ अनुपातमा सो परिमाणको सेयर बिक्री गर्न अनुमति पाएको थियो । सोही अनुसार फागुन ८ गतेदेखि सेयर निष्कासन तथा बिक्री खुला गरिने भएको छ ।

उक्त हकप्रद सेयरमा पुस ८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । फाइनान्सले हकप्रद सेयर निष्कासन गर्नका लागि पुस ११ गते आइतबार एक दिनका लागि बुकक्लोज गरेको थियो ।

हकप्रदमा सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर मोबाइल एप, वेवसाइट ( मेरो सेयर) र नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

यस्तै बिओके क्यापिटल नक्साल, समृद्धि फाइनान्स कम्पनी, केन्द्रीय कार्यालय हेटौंडा, फाइनान्सको शाखा कार्यालयहरु पोखरा कास्की, नारायणघाट चितवन र पुतलीसडक काठमाण्डौंबाट पनि फागुन ८ गतेदेखि फागुन २९ गते बैकिङ समयसम्म दरखास्त बुझाउन सकिन्छ ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ५० प्रतिशत हकप्रद बिक्रीपछि ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहिबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।