
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छैन ।
लघुवित्तको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी, सञ्चालन नाफा र खुद नाफा पनि घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घटेको हो । यस अवधिमा लघुवित्तको चुक्ता पूँजी, जगेडा कोष, निक्षेप तथा कर्जा लगानी भने बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ९९ लाख ७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको खुद नाफा ३७.३३ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी ३० प्रतिशत बढेर ८ करोड ५८ लाख रुपैयाँ पुगेको लघुवित्तको खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि २४.८१ रुपैयाँ घटेर २३.०९ रुपैयाँमा संकुचित बनेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको इपिएस ४७.९० रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८८.१२ गुणा छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.८३ प्रतिशत, अन्य सञ्चालन आम्दानी २३.१३ प्रतिशत, कुल सञ्चालन आम्दानी १३.५८ प्रतिशत र सञ्चालन मुनाफा ३७.३३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको जगेडा कोष ७.११ प्रतिशत, सापटी १३.८८ प्रतिशत, निक्षेप १० प्रतिशत र कर्जा ११.०८ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ८९ करोड ९६ लाख रुपैयाँ सापटी तथा २३ करोड १४ लाख रुपैयाँ संकलन गरेर १ अर्ब १६ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३ करोड ६४ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ५७ लाख २६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
पुस मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ३.७४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ८.७९ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया