
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) को खुद नाफा ४४४.९३ प्रतिशतले बढेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तको नाफा १ करोड १८ लाख २७ हजार रुपैयाँ थियो ।
चुक्ता पूँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ छ । गत आवको यसै अवधिमा ११ रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १६ करोड रुपैयाँ सापटी तथा सदस्यबाट १ अर्ब ७१ करोड ४१ लख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाको खुद ब्याज आम्दानी १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ७ लाख ३७ हजारबाट उच्च वृद्धि भएर ४ करोड १० लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा संस्थाको जगेडा कोष ५२.८५ प्रतिशतले बढेर १९ करोड ५८ लाख १८ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा जगेडा कोषमा १२ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको थियो ।
पुससम्म लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.०४ प्रतिशत पुग्दा प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ, कस्ट अफ फण्ड ६.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३९.५५ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया