एलआईसी र जानकीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड र को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबै कम्पनीले माघ २४ गतेदेखि सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेका छन् ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात माघ २३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाईफ इन्स्योरेन्स कर्पोरेशनले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यसैगरी जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजे २५औं वार्षिक साधारण सभा डाकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।