.png)
सुनको मूल्यमा सोमबार सामान्य वृद्धि देखिएको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला १ हजर २५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८१० डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.७९ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया