लघुवित्तको हटकेक जीवन विकासको EPS ४७ रुपैयाँले घट्यो

0
Shares

पछिल्लो समय लघुवित्त कम्पनीहरुमध्ये सेयरमूल्यसँगै अन्य थुप्रै सूचांकमा अग्र स्थानमा रहेको हटकेक स्टक जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक प्रतिसेयर आम्दानी ४७ रुपैयाँ बढीले घटेको छ ।

गत आवको यहि अवधिको तुलनामा आईपीओ जारीपछि कम्पनीको पूँजी ४८.१५ प्रतिशतले बढेर ६० करोड ८४ लाख पुगेको छ । पूँजी बढेको अनुपातमा लघुवित्तको खुद नाफा बढ्न नसकेपछि वार्षिक प्रतिसेयर आम्दानी ४७.२७ रुपैयाँ घटेर १३२.०४ रुपैयाँमा झरेको छ । गत आवको यहि अवधिमा १७९.३० रुपैयाँ रहेको थियो ।

आज सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१० प्रतिशत मात्र बढेको छ ।

पुससम्म लघुवित्तले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानी ३२.६५ प्रतिशत र सञ्चालन मुनाफा ४४३.२२ प्रतिशत बढेको हो । लघुवित्तको खुद ब्याज आम्दानी ८० करोड ३० लाख १४ हजार र सञ्चालन नाफा ४१ करोड ५३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ८२ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ४३ करोड ५ लाख रुपैयाँ सापटी लिएर २२ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको लघुवित्तको निक्षेप संकलन १७.०६ प्रतिशत, सापटी १७.२४ प्रतिशत र कर्जा लगानी २५.५४ प्रतिशत बढेको छ ।

पुससम्म सम्भावित कर्जा नोक्सनीमा २४ करोड २१ लख रुपैयाँ व्यवस्था गरेको कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ७४.४० प्रतिशतले बढेर १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.७५ प्रतिशत, कस्ट अफ फण्ड ९.२४ प्रतिशत, प्रतिशेयर नेटवर्थ ३८३.०७ रुपैयाँ र सेयरमूल्य ४ हजार ६६६ रूपैयाँ हाराहारीमा रहेकाेमा मूल्य आम्दानी अनुपात ३४.२३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।