जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ

0
Shares

जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ ।

चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गीलाई पक्राउ गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७८, बुधबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।