इमर्जिङ नेपाल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।
आवेदन दिने अन्तिम दिन आइतबार बिहान १० बजेसम्म कम्पनीको सेयर खरीका लागि २१ लाख ५६ हजार ९६३ वटा आवेदन परिसकेको छ । बुधबारदेखि निष्काशन खुला भएको आईपिओमा दैनिक औषतमा ५ लाख ३९ हजार वटा आवेदन परेको छ । यसअनुसार आइतबार सोही संख्यामा आवेदन पर्दा आईपीओमा आवेदन गर्दा २७ लाख बढी पुग्ने देखिन्छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ५१हजार ६६१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र ८ जनाले ११ कित्ता हात पार्नेछन् ।
सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि आज (फागुन १ गते आइतबार) कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
गत बुधबार (माघ २६ गते) देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर जारी भएको हो ।
कुल निष्काशित आईपीओमध्ये ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र छुट्ट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग हाउसले विकास गरेको मेरो सेयर मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यद्यपी कम्पनीको सेयर खरीका लागि करि २५ लाखको संख्यामा आवेदन पर्ने अनुमान गरिएको छ । तर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम ५१ हजार ६७० जनाले मात्र गोलाप्रथाबाट सेयर पाउने भएकाले १० कित्ता आवेदन दिनु नै उपयुक्त देखिन्छ ।
कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । डबल प्लस रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया