शिखर इन्स्योरेन्सको प्रगति सामान्य, ३० प्रतिशत हकप्रद आउँदै

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड ३० लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवकाे यसै अवधिमा २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएकोमा खुद नाफा ०.६६ प्रतिशतले मात्र वृद्धि भएको हो ।

समीक्षा अवधिसम्म कम्पनीले ७६ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानीमा २.३८ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा ६९ करोड ३५ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड २३ लाख ८१ हजार रुपैयाँ सञ्चित छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा बीमा कोष २०.२६ प्रतिशत र महाविपत्ति कोष ४०.३२ प्रतिशतले बढ्दा जगेडा कोष २६.२८ प्रतिशतले घटेको हो ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ छ । चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्री गन बुकक्लोज गरिसकेको कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ कायम हुनेछ ।
समीक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ११.४९ प्रतिशत बढेर ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७ हजार १५१ दाबी बापत ८५ करोड ३३ लाख रुपैयाँ खुद भुक्तानी गरेको छ भने १५ हजार ३४६ वटा दाबी बापत परेको २ अर्ब ६० करोड ८८ लाख ५१ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

पूँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसकेपछि कम्पनीको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले घटेर २७.६४ रुपैयाँमा संकुचित भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ २३२.९७ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २७.६४ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।