
हिमालय एअरलाइन्सले साउदी अरेबिया (दमाम र रियाद) उडान सुचारु गरेको छ । केही दिन देखि बन्द रहेको उडान आइतबारबाट सुचारु गरिएको हो ।
साउदी सिभिल एभिएसनले उडान अनुमति दिए पछि उक्त क्षेत्रहरूका लागि फेब्रअरी १३ अर्थात गत आइतबारबाट नियमित उडान सुचारु गरिएको हो ।
साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भए पछि हिमालय एअरलाइन्सले ९ देखि १२ फेब्रुअरी, २०२२ सम्म दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया