नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि सुरक्षित गरिएको छ ।
बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो आवेदन हेर्दा गोलाप्रथाबाट निकै कम संख्याका आवेदकले मात्र सेयर पाउने भएकाले १० कित्ताको आवेदन नै उपयुक्त हुन्छ ।
आईपीओमा लगानीकर्ताले फागुन १५ गतेदेखि आवेदन दिन सक्नेछन् । सो समयमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिडिएससीले विकास गरेको मेरो सेयरको मोबाइएल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति लिएका स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले लिमिटेडले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । डबल बी रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया