आरएमडीसी लघुवित्तको वित्तीय संस्थाको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।
बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४० रुपैयाँ तोकिएको छ ।
यसअनुसार इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा फागुन ५ गतेदेखि चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
यस सेयरमा विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । न्यूनतम २ दुई हजार कित्ता वा सो भन्दा बढी लिलामी खुला गरिएको सबै कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ ।
कम्पनीको विद्यमान सेयरधनीहरुको आवेदन पेश गर्दा सेयरधनी नम्बर वा हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । हितग्राही खाता नम्बर नहुने आवेदकले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लि, नारायणचौर, नक्साल तथा बैंक अफ काठमाण्डूको कुनै पनी शाखा कार्यालयबाट निः शल्क हितग्राही खाता खोली आवेदन दिन सक्नेछन् ।
लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर बोलकबोलका लागि बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड तोकिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया