फागुन ११ गतेदेखि आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तको प्रगति खस्कियो

0
Shares

सर्वसाधारणमा फागनु ११ गते बुधबारदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको नेष्डो समृद्ध लघुवित्तले ६ महिनामा नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड २३ लाख ७१ हजार रहेकोमा १८.८७ प्रतिशतले घटेको हो ।

नेष्डो समृद्ध लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित छ ।

चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले निक्षेप संकलन २ अर्ब ३७ करोड १२ लाख तथा ३३ करोड ३४ लाख रुपैयाँ सापटीबाट ४ अर्ब २१ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीले पुस समान्तसम्ममा १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । गत आवमा २३ करोड १८ लाख ४४ हजार बढी खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै कम्पनीको सञ्चालन मुनाफा चालू आवको पुससम्ममा १७ करोड ४ लाख ५३ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा २१ करोड १ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

लघुवित्तको खराब कर्जा अनुपात ६.०९ प्रतिशत माथि पुग्दा सम्भावित कर्जा नोक्सानीमा ३ लाख व्यवस्था गरेको छ । यस अवधिमा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १२४.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४१३.९५ रुपैयाँ र कस्ट अफ फण्ड ११.३४ प्रतिशत छ ।

कम्पनीको जगेडा कोष समीक्षा अवधिसम्मा ३६ प्रतिशतले बढेको हो भने खुद व्याज आम्दानी १९ प्रतिशत, सञ्चालन मुनाफा १८.८७ प्रतिशतले घटेको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।