
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा), सिभिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कुल २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार निफ्राको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने १ करोड ६० लाख कित्ता, सिभिल बैंकको चुक्ता पूँजीको ५ प्रतिशतका दरले ४३ लाख २१ हजार ८३० कित्ता र शाइन रेसुङ्गको चुक्ता पूँजीको १०.९३ प्रतिशतका दरले ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
नेप्सेमा आज सूचीकृत भएको उक्त बोनस सेयर साधारण सभा तथा लभांश वितरणका लागि सेयर दाखिल खारेजी मिति (बुकक्लोज) को अघिल्लो कारोबार दिनसम्म सम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।
सूचीकृत उक्त बोनस आइतबारदेखि दुबै कम्पनीका लगानीकर्ताहरुले धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
निफ्रा (NIFRA) को मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको थियो ।
बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर ९ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज मिति अनुसार मंसिर ८ गते आजसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनीहरुले लाभांश पाउनेछन् । चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको निफ्राको एक अर्ब ६० करोड बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
यस्तै सिभिल बैंक लिमिटेड (CBL) को पुस ३० गते शुक्रबार सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७ रुपैयाँको ५ प्रतिशत बराबरको ४३ करोड २१ लाख ८३ हजार ४२ रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख ४६ हजार ४७६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
साधारण सभाका लागि सिभिल बैंकले पुस २० गते मंगलबार बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार पुस १९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर पारित गरेसँगै सिभिल बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ पुगेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) को मंसिर २९ गते सम्पन्न बैंकको तेह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शाइनले मंसिर १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर १६ गते बिहीबारसम्मसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन् । बोनस सेयर पारित गरेसँगै शाइनको चुक्ता पूँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १५ रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया