कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद ६४ प्रतिशत बिक्यो

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद ६४ प्रतिशत बिक्री भएको छ ।

बैंकले माघ ७ गतेदेखि जारी गरेको हकप्रद २७ गतेसम्म आवेदन दिने समय रहेकोमा न्यून संख्याको सेयर मात्र खरीद भएपछि बैंकले १५ दिन समय थपेर फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । तर थपिएको एक सातामा पनि उल्लेख्य आवेदन पर्न सकेको छैन ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ६ गते शुक्रबार बिहान १० बजेसम्ममा ४ हजार २४ सेयरधनीबाट ५ करोड ७९ लाख २१ ह्जार ६०० रुपैयाँ बराबरको ५ लाख ७९ हजार २१६ कित्ता हकप्रद खरीदको माग परेको छ । जुन सर्वसाधारणमा निष्काशित हकप्रद (९ लाख कित्ता) को ६४.३६ प्रतिशत हो ।

बैंकले माघ ७ गतेदेखि १ कित्ता सेयर बराबर नयाँ १.५० कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ । जसमध्ये ७० प्रतिशत अर्थात २१ लख कित्ता संस्थापक सेयरधनीका लागि र ३० प्रतिशत अर्थात ९ लाख कित्ता हकप्रद सर्र्वसाधारणका लागि जारी गरिएको हो ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कायम रहेका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा मेरोसेयरको मोबाइल एप, वेवसाइट तथा सिभिल क्यापिटल सुन्धारा, कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । हकप्रद भर्ने म्याद १५ दिन थप गरेसँगै लगानीकर्ताले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको बैंकले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा बिक्रीपछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।