ग्रामीण विकास लघुवित्तका सेयरधनीको यो वर्ष पनि हात खाली

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) का सेयरधनीहरुको यो वर्ष पनि हात खाली हुने भएको छ ।

लघुवित्त कम्पनीको फागुन २ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश गत आर्थिक वर्ष २०७७।७८ को साधारण सभा डाकेको हो ।  बैंकले फागुन २८ गते, शनिबार, संस्थाको केन्द्रीय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट साधारण सभा आह्वान गरेको हो ।

संस्थाको सातौं वार्षिक साधारण सभामा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने प्रस्ताप पेश हुँदैछ ।

सभाले मर्जर तथा प्राप्तीका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवं अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा छलफल गरी पारित गर्नेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७।२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको २०७८ अषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७।७८ को वार्षिक वित्तीय विवरण, नाफा नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफगरी परित गरिने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८।७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज मिति अनुसार फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७८, शुक्रबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।