सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न नापी विभागलाई निर्देशन

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिएकी छिन् ।

नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकुल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले सिफ्ट भएका नियन्त्रण विन्दुहरुलाई प्रतिस्थापन गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरु स्थापना गरी परिशुद्ध नाप नक्सा गर्नको लागि विभागले काम गर्नुपर्ने बताउँदै त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताइन् ।

राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरिन् ।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानुपर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।