इमर्जिङ नेपालको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल

0
Shares

इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले २०७८ फागुन ९ गतेदेखि लागु हुने गरि एनआइसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार चयन भएसँगै अब इमर्जिङ नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइसी एसिया क्यापिटल बबरमहल मार्फत हुनेछ ।

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ फागुन ४ गते बुधबार बाँडफाँड भएको थियो । कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बुधबार गरिएको बाँडफाँडमा भाग्यमानी ५१ हजार ६६२ जनाले गोलाप्रथाबाट १० कित्ता तथा ८ जनाले गोलाप्रथाबाट ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार दोहोरो आवेदन गरेका कुल २३ लाख ३१ हजार २५८ वटा आवेदन मध्ये २ हजार ५५२ वटा लगानीकर्ताहरुको आवेदन रद्द भएको थियो ।

कम्पनीले माघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजी २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

इमर्जिङ नेपालको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने संकेत गर्दछ ।

कम्पनीमा संस्थापकमध्ये सबैभन्दा धेरै चन्द्र प्रसाद ढकालले ७ लाख ५० हजार ६० कित्ता सेयरमा लगानी गरेका छन् । यस्तै, शुभाष चन्द्र संघाईले ६ लाख २५ हजार कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ६ लाख २२ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै कम्पनीमा बैंकर, उद्योगपति, सरकारी सेवामा कार्य गरेका पूर्व कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुको समेत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७८, सोमबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।